वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८१, शनिबार
0 Min Read
Aa

बागलुङ – बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ।

- Advertisement -
Ad image

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: