सेमिफाइनलमा दक्षिण अफ्रीकाविरुद्ध अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल दक्षिण अफ्रिकालाई आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मात्रै ५७ रनको सामान्य लक्ष्य दिएको छ । बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो ।

जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array