युरो कप २०२४: नक आउट चरणको समीकरण पूरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बुधरबार राति समूह ‘ई’ र ‘एफ’ का खेल सकिएसँगै युरो कप २०२४ को नक आउट चरणको समीकरण पूरा भएको छ। नकआउट चरणबाट १६ मध्य ८ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन्। युरो कपमा सहभागी २४ टोलीमध्य समूह ‘ए’ बाट हंगेरी र स्कटल्यान्ड तथा समुह बी बाट क्रोएसिया र अल्बानिया समूह चरणबाटै बाहिरिए।

समूह ‘सी’ बाट सर्बिया, समूह डी बाट पोल्यान्ड, समूह इ बाट युक्रेन र समूह एफ बाट चेक रिब्लिक समूह चरण मै रोकिए। तेस्रो स्थानमा रहने उत्कृष्ट ६ टोली मध्यबाट नेदरल्यान्ड्स, जर्जिया, स्लोभाकिया र स्लोभेनियाले अन्तिम १६ मा स्थान पक्का गरे। हंगेरी र क्रोएसियाले पाचौँ र छैटौँ स्थानमा रहँदा अघिल्लो चरण पुग्न सकेनन्।

युरो कपको अन्तिम १६ का खेलहरु शनिबार रातिदेखि सुरु हुनेछ। नकआउट चरणको पहिलो खेलमा स्वीटजरल्यान्ड र इटाली तथा जर्मनी र डेनमार्क खेल्नेछन्। सोही दिन डेनमार्कले जर्मनीको सामना गर्नेछ। आइतबार इङ्ल्यान्डले स्लोभाकियासँग खेल्दा स्पेनले जर्जियाविरुद्ध खेल्नेछ। जुलाई १ सोमबार फ्रान्सले बेल्जियमसँग खेल्दा पोर्चुगलले स्लोभेनियासँग खेल्ने तालिका छ।

नकआउट चरणको अन्तिम दिन मंगलबार रोमानिया र नेदरल्यान्ड्स तथा अष्ट्रिया र टर्की खेलेसँगै क्वार्टरफाइनल समिकरण पूरा हुनेछ। क्वार्टरफाइनलका खेल जुलाई ५ देखि हुनेछ। सेमिफाइनल खेल ९ र १० जुलाइमा हुनेछ। युरो कपको फाइनल भिडन्त १४ जुलाइमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array