अष्ट्रिया, इंग्ल्यान्ड, डेनमार्क र स्लोभेनिया युरोकप फुटबलको अन्तिम १६ मा: आज चार खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौं – युरोकप फुटबलमा समूह ‘डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अङ्कसहित समूह विजेता बनेको छ ।

यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह ‘सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेले ।

यससँगै इंग्ल्यान्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ । दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ ।

अब ११ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

आज चार खेल

युरोकप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे डर्टमन्डमा समूह ‘डी’ का फ्रान्स र पोल्यान्ड खेल्दैछन् । फ्रान्स २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । फ्रान्स अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्यान्ड यसअघिका दुई वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १० बजे नै बर्लिनमा यही समूहको नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दैछन् । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । अस्ट्रिया २ खेलमा ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यस्तै राति पौने १ बजे म्युनिखमा समूह ‘सी’ का डेनमार्क र सर्बिया खेल्दैछन् । डेनमार्क २ खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । डेनमार्क अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । सर्बिया २ खेलमा १ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १ बजे नै कलोनमा यही समूहका इङ्गल्यान्ड र स्लोभेनिया खेल्दैछन् । इङ्गल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्लोभेनिया २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

Array