जर्मनीलाई बराबरीमा रोक्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा, स्कटल्यान्डविरुद्ध हंगेरीको रोमाञ्चक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – अन्तिम समयमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारे पनि हंगेरी युरो कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ। आईतबार राति भएको समूह एको अन्तिम खेलमा स्कटल्यान्डलाई १–० गोलअन्तरले हराए पनि हंगेरी समूह चरणबाटै बाहिरिएको हो।

समूह चरणमा हंगेरीले पहिलो जित दर्ता गरेको हो। खेलको १००औँ मिनेटमा केभिन कासोबोथको गोलमा हंगेरीले युरोकपमा रोमाञ्चक जित हासिल गरेको हो।

- Advertisement -
Ad imageAd image

निर्धारित समय गोलरहित बराबरीमा सकिए पनि १००औँ मिनेटमा मिनेटमा गोल गर्दै सान्त्वना जितसहित हंगेरीले विश्वकपमा सुखद अन्त्य गरेको छ। गएराति भएकै समूह एको अर्को खेलमा स्विटजरल्यान्ड र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्।

तर पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगेको छ। यो समूहबाट ३ खेलमा ७ अंक जोडेको जर्मनी शीर्ष र समान खेलबाट ५ अंक बनाएको स्विटजरल्यान्ड दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका हुन्।

समूह एबाट हंगेरी र स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएका छन्। हंगेरीले समूह चरणमा पहिलो जित हासिल गर्दै ३ अंकसहित तेस्रो स्थानमा रहँदै युरोकप यात्रा सकाएको हो।

स्कटल्यान्ड भने जितविहीन बनेर अंकतालिकाको पुछारमा रहँदै बाहिरियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्