आयोजक अमेरिकाविरुद्ध सानदार जित निकाल्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ – आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। आईतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्ड ले ९.४ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो। पहिलो विकेटका लागि फिल साल्ट र कप्तान जस बटलरले १ सय १७ रनको अविजित साझेदारी गरे।

- Advertisement -
Ad imageAd image

कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे। इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।

नितिश कुमारले बनाएको ३० रन नै अमेरिकाका लागि सर्वाधिक रह्यो। कोरी एन्डरसनले २९ रन थपे। हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए। अमेरिकालाई कम स्कोरमा रोक्न इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए। स्याम करन र आदिल राशिदले समान २ विकेट लिए। लियम लिभिङस्टोनको नाममा १ विकेट रह्यो।

सुपर ८ मा समूह बीमा रहेको इङ्ल्यान्डले ३ खेलबाट ४ अंक बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। आयोजक अमेरिकाले भने सुपर ८ मा एक जित पनि हात पार्न सकेन। अंक तालिकाको पुछारमा रहँदै विश्वकपबाट बाहिरियो।

आजै बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदा समान खेलबाट वेस्ट इन्डिजको २ अंक छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्