युरोकप फुटबलः टर्कीविरुद्ध सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश: रोमानियामाथि बेल्जियमको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको हो।

शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३-० गोलको सहज जित हासिल गरेको हो। पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो।

यो जितसँगै समूह एफमा पोर्चुगलको दुई खेलमा ६ अंक भएको छ। टर्कीको दुई खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ। समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन्।

यस्तै अर्को खेलमा बेल्जियमले रोमानियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।

पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो जितपछि बेल्जियम समुह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शिर्ष स्थानमा छ ।

अब बेल्जियमले समुह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array