बंगलादेशमाथि भारतको सहज जीत: ‘सुपर एट’बाट बाहिरियो बंगलादेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – उपाधि दाबेदार भारतसँग पराजित हुँदै बंगलादेश आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ। शनिबार राति भएको खेलमा बंगलादेशलाई ५० रनले पराजित गर्दै भारत भने सेमिफाइनल नजिक पुगेको छ।

सुपर ८ को समूह एकमा रहेको भारतले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जारी विश्वकपमा भारत अपराजित छ।

१ खेल खेलेको अष्ट्रेलिया २ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट अफगानिस्तान अंक विहिन रुपमा तेस्रो स्थानमा छ। लगातार दोस्रो खेलमा पराजित बंगलादेश तालिकाको पुछारमा छ। भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो।

कप्तान नजमुल होसैन सान्टोले बनाएको ४० रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। तान्जिन हसनले २९ र रिसद होसैनले २४ रन थपे। भारतका लागि कुलदिप यादवले ३ विकेट लिए। अर्शदिप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए। हार्दिक पाड्याले १ विकेट लिए।

त्यसअघि बंगलादेशले टस जिेतर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो। हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। उनले २७ बलमा ४ चौका र ३ छक्का सहयोगमा ५० रनमा नटआउट रहे।

विराट कोहली ३७, रिसव पन्त ३६ र शिवम् दुवेले ३४ रन प्रहार गरे। कप्तान रोहित शर्मा २३ रनमा क्याच आउट भए। बंगलादेशका लागि तान्जिम हसन सकिव र रिसद हौसैनले समान २ विकेट लिए। सकिव अल सनले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

Array