युरो कप: स्लोभाकियामाथि युक्रेनको जित, नेदरल्यान्ड्स र फ्रान्सले अंक बाँडे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – युरो कप २०२४ अन्तर्गत शुक्रबार राति भएको खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दा नेदरल्यान्ड्स र फ्रान्सले भने अंक बाँडेका छन्।

गएराति भएको समूह ई को खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १७ औँ मिनेटमा स्लोभाकियाका इभान स्क्रान्जलिएको हेडर गोलमा युक्रेन पछि परेको थियो।

तर खेलको ५४औं मिनेटमा माईकोला शापारेन्कोको गोलमा युक्रेन बराबरीमा आएको थियो। खेलको ८० औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको जित पक्का गरे।

जितसँगै युक्रेनले अंक तालिकामा ३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। यो समुहमा रोमानिया, युक्रेन र स्लोभाकियाको समान ३ अंक छ। बेल्जियम अंकविहीन छ।

गएराति नै भएको समूह डी को अर्को खेलमा नेदरल्यान्ड्स र फ्रान्सले गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन्। नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयका कारण गोलले मान्यता पाएन।

बराबरीसँगै दुई खेलबाट दुवै टोलीले समान ४ अंक जोडेका छन्। बराबरीका बावजुद दुवै टोली नकआउट चरण नजिक छन्।

प्रतिक्रिया दिनुहोस्

Array