स्पेन युरो कपको अन्तिम १६ मा प्रवेश गर्दा डेनमार्कसँग इङ्ग्ल्यान्ड बराबरीमा रोकिँदा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – साविक विजेता इटालीलाई हराउँदै स्पेन युरो कप २०२४ को अन्तिम १६ मा पुगेको छ। बिहीबार राति भएको समूह बीको खेलमा इटालीलाई १–० गोल अन्तरले जित्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो।

खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्मघाती गोल नै स्पेनलाई अन्तिम १६ मा पुग्न पर्याप्त भयो। अल्भारो मोराटाले फ्लिक गरेको बल रिकार्डोको घुडाँमा लाग्दै गोल भएको थियो। स्पेन लगातार २ खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा इटालीले भने पहिलो हार भोगेको हो।

युरोकपमा उपाधि दाबेदारका रूपमा हेरिएको इङ्ग्ल्यान्डले भने डेनमार्कसँग बराबरी खेल्दै अंक बाँडेको छ। गएराति भएको प्रतिस्पर्धामा इङ्ग्ल्यान्ड र डेनमार्कलले १–१ गोलको बराबरी गरेका हुन्।

खेलको १८औँ मिनेटमा कप्तान ह्यारी केनको गोलमा इङ्ग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो। तर ३४औँ मिनेटमा क्यास्पर ह्युमलन्डको गोलमा डेनमार्क बराबरीमा आएको थियो। तर त्यसपछि खेलमा थप गोल हुन नसक्दा इङ्ग्ल्यान्ड अंक बाड्न बाध्य भयो।

इङ्ग्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० गोलले नै हराएको थियो। बराबरीसँगै समूह सीको इङ्ग्ल्यान्डले २ खेलबाट ४ अंक बनाएको छ।
समान २ खेलबाट डेनमार्क र स्लोभेनियाको २ अंक नै छ। सर्बियाको भने १ अंक छ।

जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको छ।

स्लोभेनियाको जितमा खेलको ६९औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट शुरुवाती अग्रता हासिल गरेको थियो। तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array