भारतद्वारा अफगानिस्तानमाथि ४७ रनको जित, अस्ट्रेलिया र बंगलादेशबीच खेल जारी, ईङल्याण्ड र दक्षिण अफ्रिका पनि आजै भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। बार्बाडोसमा बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटिय।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । सुपर–८ समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बंगलादेश पनि रहेका छन् । आजको पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीचको खेल जारी छ। एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले १० ओभरमा ६७ रन बनाउँदा ३ विकेट गुमाएको छ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो। सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको सुपर आठको खेलमा ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ।

ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन्। जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन।

प्रतिक्रिया दिनुहोस्

Array