प्रतिनिधिसभाकाे बैठक बस्दै: विनियोजन विधेयकमाथिको छलफल जारी रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८१, मंगलवार
1 Min Read
Aa
k|ltlglw;efdf ;f+;b sfsL{ sf7df8f}F, !% j}zfv M ;‹Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] k|ltlglw;ef a}7s . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।

आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत बजेटका शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सांसदहरु डा. अमरेश कुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्र प्रसाद लिङ्देन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान र विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array