फ्रान्स र रोमानियाको जारी युरोकपमा विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – उपाधि दाबेदार फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गर्दा रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको हो । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यता, रोमानियाका लागि कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै डेनिस ड्रागुसले गोल गर्दै रोमानियालाई ३-० को अग्रता दिलाए ।

समूह ई मा रोमानियाले ३ अंक जोडेको छ ।

यसअघि रोमानियाले पछिल्लो पटक सन् २००० को युरोमा इंग्ल्याण्डलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो । यसअघि पाँच संस्करण युरो खेल्दा त्यो नै रोमानियाको एक मात्र जित थियो । त्यस संस्करणमा नकआउट चरणमा रोमानिया इटलीसँग पराजित भएको थियो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने आदेश दिएयता युक्रेनका खेलाडीहरुले पहिलो पटक मुद्य प्रतियोगिता खेलिरहेका छन् ।

गत साता युक्रेनका फरवार्ड मिखाइलो मुड्रिकले आफ्नो गृहनगर क्रास्नोग्राडमा आफ्नो परिवारले दिनरात नै रूसी मिसाइलहरूको सामना गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array