विश्वकपको ‘सुपर-८’ समीकरण पूरा, को कहाँ परे ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौं – आईसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई पाखा लगाउँदै बंगलादेशले सुपर ८ मा स्थान पक्का गरेको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा नेपाललाई २१ रनले स्तब्ध पार्दै बंगलादेशले सुपर ८ को यात्रा तय गरेको हो । समूह डी बाट बंगलादेशले सुपर ८ मा ठाउँ बनाएसँगै जारी विश्वकप क्रिकेटमा सुपर ८ समीकरण पूरा भएको छ ।

सुपर ८ मा पुगेका ८ टिममध्ये समूह ए मा बांगलादेशसहित, भारत, अष्ट्रेलिया र अफ्गानिस्तान रहँदा समूह बी मा आयोजक अमेरिकासहित इङ्ल्याण्ड, वेष्टइण्डिज र साउथ अफ्रिका छन् । सुपर ८ का खेलहरु २० जुनबाट सुरु हुनेछ। सेमिफाइनल खेल २७ जुनमा हुनेछ। फाइनल खेल जुन २९ मा हुनेछ।

समूह चरणमा भएको खेलमा समूह ए बाट ३ खेलमा जित र एक खेलमा वर्षाका कारण अकं बाँडेपछि ७ अंकसहित भारत शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो। अमेरिका भने २ खेलम जित एक खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगेको हो।

यो समूहबाट पाकिस्तान, क्यानडा र आयरल्यान्ड बाहिरिएका छन्।

समूह बी बाट अपराजित रहेको अस्ट्रेलिया ४ खेलमा ८ अंक जोड्दै शीर्ष र इंल्यान्ड २ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै ५ अंकमा दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो। समूह बी बाट स्कटल्यान्ड, नामिबिया र ओमान बाहिरिए।

समूह चरणका एक खेल खेल्न बाँकी रहेका अफगानिस्तान र वेस्ट इन्डिज पनि सुपर ८ मा पुगिसकेका छन्।

तीन खेल खेल्दा समूह सी मा अफगानिस्तान र वेस्ट इन्डिज दुवै टोली अपराजित छन्। यो समूहबाट न्यु जिल्यान्ड, युगान्डा र पपुवा न्यु गिनी बाहिरिए।

नेपाल रहेको समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन्। दक्षिण अफ्रिका अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर ८ खेल्नेछ। तीन खेलमा जित र १ खेलमा पराजित बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो। समूह डीबाट नेपालसँगै नेदरल्यान्ड्स र श्रीलंका बाहिरिए ।

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्याण्डले उचालेको छ।

सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अस्ट्रेलियाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array