विश्वकपको अन्तिम खेलमा पनि नेपाल बंगलादेशसँग २१ रनले स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – टी २० विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पनि पराजित भएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । नेपाल यो विश्वकपमा एउटै जित हासिल गर्न असफल भयो ।

१०७ रनको समान्य लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । कुशल मल्लले सर्वाधिक २७ र दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए ।

ओपनर आसिफ शेखले १७ रन बनाए भने कुशल भुर्तेल ४, रोहित पौडेल र सन्दीप जोरा १-१ तथा गुलशन झा, सोमपाल कामी, अभिनाश बोहरा र । अनिल साह शून्य रनमा आउट भए ।

दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको साझेदारी गरे पनि जित दिलाउन सकेनन् । बंगलादेशका तान्जिम हसनले ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बंगलादेश ३ बल अगाडी अलआउट भएको थियो । बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए ।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले २-२ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array