काठमाडौं – बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले गतिलो रन बनाउन सकेको छैन ।
नेपालले १२ ओभरमा ५ विकेट गुमाएर जम्मा ५२ रन मात्र जोड्न सकेको छ ।
बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट लिए । नेपालका आसिफ शेख १७, कुशल भुर्तेल ४, रोहित पौडेल र सन्दीप जोरा १÷१ रन जोडेर आउट भए भने अनिल शाहले खाता खोल्नै सकेनन् ।


प्रतिक्रिया दिनुहोस्