नेपाली बलर हावी हुँदा संकटमा बंगलादेश: के आज नेपालले नँया इतिहास निर्माण गर्ला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध नेपाली बलर हावी हुँदा बंगलादेश संकटमा आएको छ।
वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले १० ओभरको समाप्तीमा ५ विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ।

नेपालले इनिङ्सको पहिलो बलदेखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा बंगलादेश संकटपूर्ण अवस्था आएको छ। सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंलाी टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन्।
तिव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए।

- Advertisement -
Ad imageAd image

सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउ गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। अलराउण्डर दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए।

पाचौँ ओभरको चौथो बलमा नेपालका कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। मोहम्मदुल्लाह नवौ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्