दीपेन्द्र र कुशलले लिए दुई-दुई विकेट, दक्षिण अफ्रिकाको चौथो विकेट पतन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८१, शनिबार
1 Min Read
Aa
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Rohit Paudel of Nepal and Aiden Markram of South Africa take part in the coin toss prior to the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौंं – आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ। नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले महत्वपूर्ण विकेट लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।

किुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए।

त्यसअघि कुशलले नै १२ औ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array