पहिलो पटक दक्षिण अफ्रिकासँग भिड्दै नेपाल: सन्दीप सम्मिलित नेपालले बनाउला नयाँ इतिहास ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौंं – आईसीसी टी-२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्दी दक्षिण अफ्रिकाको सामना गर्दै छ । वेस्ट विन्डिजको किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियमा नेपाली समय अनुसार शनिबार बिहान ०५:१५ बजेदेखि सुरु हुनेछ ।

बंगलादेश, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र नेपाल यो समूहमा छन् । दक्षिण अफ्रिका विरुद्धको खेल नेपालका लागि ‘गर या मर’को स्थितिमा छ । टी-२० विश्वकपको सुपर एटको सम्भावना जिवित राख्न पनि नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्नुको अर्को विकल्प छैन ।

- Advertisement -
Ad imageAd image

आईसीसीको वरियताको सातौं स्थानमा रहेको दक्षिण अफ्रिका नेपालका लागि निकै कठिन प्रतिद्वन्दी हो । आईसीसीको वरियतामा नेपाल १७ औं स्थानमा छ । दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा सहभागी हुँदा नेपाल भने एशियाली क्षेत्रबाट छनौट चरण पार गर्दै विश्वकपमा स्थान बनाएको हो ।

विश्वकपको नकआउट चरणमा सधैं कमजोर प्रदर्शन गर्दै आएको दक्षिण अफ्रिका समूह चरणमा च्याम्पियन प्रदर्शन गर्न माहिर छ । टी-२० विश्वकपमा दक्षिण अफ्रिका २००९ को सेमिफाइनलमा पाकिस्तानसँग ७ रनले पराजित हुँदा सन् २०१४ को विश्वकप सेमिफाइनलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

समूह ‘डी’ मा नेपाल बाहेक अन्य टोलीले तीन–तीन खेल खेलिसकेका छन् । नेपालले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । तीन खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका पहिलो र समान खेलबाट चार अङ्क जोड्दै बङ्गलादेश दोस्रो स्थानमा छन् ।

यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको नेपाल चौथो स्थानमा आसीन छ । तीन खेलबाट एक अङ्क जोडेको श्रीलङ्का पाँचौँ स्थानमा छ । श्रीलङ्का भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगिसकेको छ । दक्षिण अफ्रिका नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने पहिलो टोली पनि हो । नेपालले भने सुपर–८ मा पुग्ने सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ । नेपालले अन्तिम खेल बङ्गलादेशसँग खेल्नेछ ।

नेपाल र दक्षिण अफ्रिकाको सिनियर टोलीले हालसम्म एउटा पनि खेल खेलेका छैनन् । गौशाला – २६ विरुद्ध बलात्कार अभियोग बाट सफाई पाउनुका बाबजुद अमेरिकाले भिसा नदिंदा विश्वकप खेल्न नपाएका स्टार लेग स्पिनर सन्दीप लामिछाने समेत सहभागी हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ इतिहास निर्माण गर्ने नेपाली क्रिकेट समर्थकको अपेक्षा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्