काठमाडौं – शकिब अल हसनको अविजित अर्धशतकको मद्दतमा बंगलादेशले आईसीसी टी–२० विश्वकपको समूह डीको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ। तीन खेलमा बंगलादेशको यो दोस्रो जित हो र सुपर आठमा पुग्ने आशा जीवित राखेको छ।
शकिबले ४६ बलमा ९ चौका प्रहार गर्दै शकिबको अविजित ६४ रनको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो। नेदरल्यान्ड्सका लागि सिब्रान्ड एङ्गेलब्रेचटले २२ बलमा सर्वाधिक ३३ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।
नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए। विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए।
बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १-१ विकेट लिए। त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो। बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे। जाकेर अलीले १४ रन बनाए।
नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए। जित पछि नेपाल समूहमा रहेको बंगलादेशको ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ। सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ।
बंगलादेशको जित पछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ। दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ।
उता इङग्ल्यान्ड पनि पराजित भएपछी लगातार चौथो हार व्यहोर्दै ओमानले आईसीसी टी–२० विश्वकपको यात्रा सकेको छ। गएराति भएको खेलमा इङग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै ओमानले नवौँ संस्करणको विश्वकप यात्रा पूरा गरेको हो।
समूह ‘बी’ बाट ओमानसँगै नामिबिया पनि बाहिरिएको छ। ओमानभन्दा एक खेल कम खेलेको नामिबियाले एक खेलमा जित र २ खेलमा हार भोग्दै २ अंकसहित तेस्रो स्थानमा छ। समूह चरणका सबै खेलमा पराजित भएको ओमान पुछारमा रह्यो। ओमानलाई हराएको इंग्ल्यान्डको भने सुपर ८ मा पुग्ने अंक गणितीय सम्भावना बाँकी छ।
इंग्ल्यान्डले ३ खेलबाट ३ अंक बनाएको छ। तीनै खेलमा हपराजित रहेको अस्ट्रेलिया भने एक् खेल अगावै सुपर ८ मा पुगेको छ। ५ अंक भएको स्कटल्यान्ड दोस्रो स्थानमा छ। समूह चरणको अर्को खेलमा अस्ट्रेलिया र स्कटल्यान्ड तथा इग्ल्यान्ड र नामिबिया खेल्दैछन्। सो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराए र अर्को खेलका इग्लयान्डले नामिबियालाई पराजित गरे नेट रनरेटमा अघि रहेको अवस्थानमा इग्ल्यान्ड सुपर ८ मा पुग्नेछ।
गएराति ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
इंग्ल्यान्डका ओपनर तथा कप्तान जस बटलर २४ र जोनी बिस्ट्रो ८ रनमा अविजित रहे। अर्का ओपनर पिल साल्ट १२ रन बनाउँदा बिलाल खानको बलमा बोल्ड आउट भए।
विल ज्याक ५ रन बनाउँदा करिमुल्लाहको बलमा क्याच आउट भए। त्यसअघि इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान ४७ ओभरमा अलआउट भयो। ओमानका सोहेब खानले ११ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
ओमानको ब्याटिङलाइन ध्वस्त पार्न आदिल रसिद एक्लैले ४ विकेट लिए। घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र ११ रन खर्चे। जोफ्रा आर्चरले ३.२ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए। मार्क उडले ३ ओभरमा १२ रन दिर्दै ३ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्