वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण केही ढिला सुरु हुने भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा सबा ५ बजे सुरु हुने भनिएको खेलमा ओसिलो मैदानका कारण अहिलेसम्म टस समेत हुन सकेको छैन।

गएरातिको वर्षाका कारण मैदान पुरै भिजेकाले अहिले पानी सुकाउने कार्य भैरहेको छ। सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्। नेपाली टोली आजको खेलमा श्रीलंकालाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

यता श्रीलंका पनि नेपाललाई हराउँदै सुपर ८ सम्भावना जिवित राख्ने योजनामा हुनेछ। नेपालसँग पराजित भए श्रीलंका विश्वकपको सुपर ८ को दौडबाट बाहिरिनेछ।

विश्वकपको समूह ‘डी’ मा रहेका पाँचै टोलीको सुपर ८ मा पुग्ने सम्भावना खुला छ। विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। श्रीलंका भने तेस्रो खेल खेल्दैछ।

यो समूहमा तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ।

एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश २ अंकमा दोस्रो र समान खेल र नतिजाबाट नेदरल्यान्डस् तेस्रो स्थानमा छ। एक खेलमा हार भोगेको नेपाल चौथो र दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ।

नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array