कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति मागेको थियो ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराईएको थियो । स्वास्थ्यमा समस्या देखा परेर अस्पताल भर्ना भएका उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।

- Advertisement -
Ad imageAd image

अदालतले पहिलो पटक र दोस्रो पटक ३/३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्