हैदरावादलाई निरीह पार्दै कोलकातालाई तेस्रो पटक आइपीएलको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

- Advertisement -
Ad image

कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए ।

हैदरावादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

हैदरावादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई/दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।

कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्