कार्यदलका सदस्यहरु सहमतिको पोको बोकेर बालुवाटार हानिए, शीर्ष नेता छलफलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । समितिको कार्यदेश कस्तो हुने भन्नेबारे कार्यदलमा सहमति भएको छ । छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने विषयमा कार्यदलका सदस्यहरु सहमतिमा पुगेका हुन् ।

सिंहदरबारस्थित् कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकले सहमति गरेपछि शीर्ष नेताहरु बालुवाटारमा भेला भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बालुवाटार हिडिंसकेका छन् । कांग्रेस नेताहरुपनि बालुवाटारमा पुगिसकेका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्