आइपीएलको फाइनलमा कोलकाता र हैदरावाद भिड्ने दोस्रो क्वालिफायरमा राजस्थान पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन् ।

- Advertisement -
Ad imageAd image

सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रनमा मात्रै सिमित बन्यो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो ।

अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्