राजस्थान आइपीएलको दोस्रो क्वालिफायरमा: फाइनलमा स्थान बनाउन हैदराबादसँग प्रतिष्पर्धा गर्ने, आरसिबीको चुनौती समाप्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि होडबाट बाहिरिएको छ। बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै आरसीबी आईपीएलको उपाधि होडबाट बाहिरिएको हो।

आरसीबीलाई हराउँदै राजस्थानले भने दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। राजस्थानले अब फाइनलमा स्थान बनाउन पहिलो क्वालिफायरमा पराजित सनराईजर्स हैदराबादसँग खेल्नेछ। दोस्रो क्वालिफायर शुक्रबार हुनेछ।

हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो। कोलकताले भने फाइनलमा स्थान बनाइसकेको छ।

राजस्थानले आइपीएलको तेस्रो र आरसीबीले चौथो स्थानमा रहँदै एलिमिनेटर खेलेका थिए। आरसीबीले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले ६ बल आगावै ६ विकेटको क्षतिमा भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ४५ रनको योगदान दिए।

रियान परागले ३६ रन थपे। सिमरन हेटमायरले २६,टम कोहलर क्याडमोरले २० र सञ्जु साम्सनलृ १७ रन थपे। रोभमन पावेल १६ रनमा अविजित रहे। आरसीबीका लागि मोहम्मद सिराजले २ विकेट लिए। लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि अहेमावादस्थि नरेन्द्र मोटी स्टेडियममा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रनको योगफलत तयार पारेको थियो।

आरसीबीका लागि रजत पतिदरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। विराट कोहलीले ३३ तथा महिपाल लोम्रोरले ३२ रन थपे। क्यामरन ग्रीनले २७ रन बनाए। कप्तान फाफ डु प्लेसिस १७ रनमा क्याच आउट भए। राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए। ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहालले समान १ विकेट झारे।

प्रतिक्रिया दिनुहोस्

Array