सभामुखको भूमिका पदीय गरिमा अनुकुल भएन: कांग्रेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८१, सोमबार
2 Min Read
Aa
प्रमुख सचेतक लेखक काठमाडौँ, ७ जेठ ः प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका प्रमुख सचेतक रमेश लेखक सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत प्राप्त सम्बन्धलगायतका विषयमा सञ्चारकर्मीलाई जानकारी दिँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको भूमिका पदीय गरिमा अनुकुल नभएको ठहर गरेको छ। सोमबार संसद भवनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संघीय संसदको सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्ने बताए।

उनले संसदीय छानविन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै बलमिच्याई गरी विश्वासको मत लिने काम भएको पार्टीको निष्कर्ष रहेको जानकारी दिए। लेखकले सोमबारको बैठकमा पनि प्रमुख विपक्षी दलले पटकपटक बोल्न समय माग गर्दा पनि बोल्न नदिने कार्य भएको बताए। संसदीय परम्पराको मान्यता र मर्यादा विपरित सत्तापक्षले बहुमतको दम्भ देखाएको संसदको दृश्यले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुनर्पुष्टि भएको उनले बताए।

- Advertisement -
Ad image

त्यस्तै उनले शान्ति प्रक्रियामा ल्याएर राजनीतिक दलमा स्थापित गराउने कांग्रेसको भूमिकालाई नबिर्सन प्रधानमन्त्रीलाई सुझाव दिए। उनले कसैले धम्काएर तर्सिने पार्टी कांग्रेस नभएको जिकिर गरे। मुख्य सचेतक लेखकले संसदमा कांग्रेसमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई चूनौति दिए। आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम गृहमन्त्रीले नै भोग्नुपर्ने उनको भनाइ छ।

उनले आफूमाथि लागेको आरोपबाट पन्छिन गृहमन्त्रीले कांग्रेसमाथि लाञ्छना लगाएको पनि बताए। लेखकले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरुलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्दत भएको पार्टीको ठहर रहेको जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्