चेन्नाईलाई पराजित गर्दै बैंगलुरु आइपीएलको प्लेअफमा: आज हैदरावाद र पञ्जाव तथा राजस्थान र कोलकाता भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ जेष्ठ २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – आफ्नो लिग चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नो घरेलु मैदानमा शनिबार राति भएको बैंगलुरुले चेन्नाईलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । चेन्नाई, दिल्ली र लखनउको पनि समान १४ अंक भएपनि नेट रनरेटमा तीन टिमलाई पछि पार्दै बैंगलुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नाई प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नाईले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो । चेन्नाईका रचित रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बैंगलुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बैंगलुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नाईका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए । यसअघि आइपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदरावादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकातासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array