वर्षा बाधक बनेपछि हैदरावादको भाग्य चम्कियो, खेल रद्द भएसँगै प्लेअफमा स्थान सुरक्षित: आज लखनउ र मुम्बई भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौ – वर्षा बाधक बनेपछि गुजरात टाइटन्स विरुद्धको खेल टस समेत हुन नसकेर रद्द भएपछि सनराइजर्स हैदरावाद इन्डियन प्रीमियर लिग आइपीएलको प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

गुजरात विरुद्ध खेल रद्द भएर एक अंक पाएसँगै १३ खेलबाट १५ अंक कायम गरेको हैदरावाद तेस्रो स्थानमा रहँदा दोस्रो स्थानको राजस्थानको समान खेलबाट १६ अंक छ । दुबै टोलीले लिग चरणका एक एक खेल खेल्न बाँकी हुँदा शिर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना कायम छ ।

- Advertisement -
Ad imageAd image

१३ खेलबाट १९ अंक जोडेको कोलकाता नाइट राइडर्स शिर्ष स्थानमा रहने पक्का भैसकेको छ । उता हैदरावादसँग अंक बाँडेको गुजरात भने यसअघि नै आइपिएलको प्लेअफबाट बाहिरी सकेको थियो । गुजरातले १४ खेलबाट १२ अंक जोड्दै यो सिजनको समाप्ति गरेको छ ।

आइपीएलमा आज प्लेअफ दौडबाट बाहिरी सकेका मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । लखनउको गणितीय सम्भावना कायम रहेपनि निकै झिनो सम्भावना मात्रै छ । मुम्बईको घरेलुु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्