काठमाडौ – काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विरुद्ध जिल्ला अदालत काठमाडौमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको छ ।
प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगरका एसपी मनोज लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौमा बिहिवार अपरान्ह कुटपिट र लुटपाटको फिराद दर्ता भएको जिल्ला अदालत काठमाडौले जनाएको छ ।
गएको १६ फागुनमा महानगरपालिकाले सुन्धारामा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरा लगायतका सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले जिल्ला अदालत काठमाडौमा निवेदन दिएको र उनिहरूलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गर्नुका साथै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेको जिल्ला अदालत काठमाडौले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्