पञ्जाबसँग पनि राजस्थानको हार: आजको खेलमा हैदरावाद र गुजरातको भिडन्त, प्लेअफ पुग्न हैदरावादलाई जित्नुपर्ने दबाब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार चौथो हार बेहोर्ने क्रममा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । यो सँगै राजस्थानको प्लेअफ यात्रा आधिकारिक रूपमा पक्का भैसकेको छैन ।

राजस्थानको घरेलु मैदानमा सप्पन्न खेलमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाउँदै राजस्थान विरुद्ध सहज जित निकालेको हो । यसअघि पहिले ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनमै सिमित बनेको थियो ।

- Advertisement -
Ad imageAd image

आइपीएलको जारी सिजनमा यो पञ्जाबको पाँचौ जित हो । १३ खेलमा १० अंक जोडेको पञ्जाब प्लेअफ दौडबाट यसअघि नै बाहिरी सकेको छ । त्यसैगरी सिजनमा पाँचौ हार बेहोरेको राजस्थान १३ खेलमा १६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । आधिकारिक नभए पनि राजस्थानको प्लेअफ पक्कापक्की छ ।

आइपीएलमा आज १२ खेलमा ७ जित सहित अंक तालिकाको चौथो स्थानमा रहेको सनराइजर्स हैदरावाद र वर्षाका कारण कोलकाता नाइट राइडर्ससँग अंक बाड्दै प्लेअफ दौडबाट बाहिरीसकेको गुजरात टाइटन्स भिड्दै छन । १३ खेलमा ११ अंक जोडेको गुजरातको प्लेअफ सम्भावना समाप्त भैसकेको छ भने हैदरावादलाई प्लेअफ पुग्न आजको खेलमा जित अनिवार्य छ ।

हैदरावादको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्