अन्तिम खेलमा लखनउलाई पराजित गरेपनि दिल्ली-लखनउ दुबैको प्लेअफ यात्रा समाप्त: राजस्थान र पञ्जाबको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)को लिग चरणको आफ्नो अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्ली क्यापिटल्स र दिल्लीसँग पराजित लखनउ दुबैको प्लेअफ सम्भावना लगभग सकिएको छ ।

दिल्लीको घरेलु मैदानमा भएको खेलमा लखनउ विरुद्ध दिल्लीले १९ रनको जित निकाल्यो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए पनि हार टार्न सकेनन् ।

- Advertisement -
Ad imageAd image

अरु ब्याटर भने खासै चल्न सकेनन् । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४ र क्विन्टन डी ककले १२ रन जोडे । दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक/उक विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक/एक विकेट लिए ।

दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ ।

यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।

आइपीएलमा आज अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स र अंक तालिकाको अन्तिम स्थानमा रहेको पञ्जाब किंग्स भिड्दै छन् । लगातार तीन खेलमा पराजित भएको राजस्थान आजको खेलमा जित निकाल्दै आफूलाई प्लेअफ यात्रामा लाने रणनीतिमा हुँदा पञ्जाबको लागि भने आजको खेल केबल औपचारिकतामा मात्रै सिमित हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्