काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेपछि रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो प्लेअफ सम्भावना जिवितै राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए भने साई होपले २९ र जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए ।
बैंगलुरुका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिंदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको बैंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । बेंगलुरुका रजत पतिदरले ५२, विल ज्याक्सले ४१, क्यामरण ग्रीनले ३२ र विराट कोहलीले २७ रनको योगदान गरे ।
दिल्लीका खलिल अहमद र रशिख सलामले दुई/दुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक/एक विकेट लिए ।
यो जितसँग बैंगलुरु १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली र लखनउको पनि समान १२ अंक छ । आइपीएलमा आज प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन । गुजरातको घरेलुु मैदानमा हुने खेल आज साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्