कांग्रेसको निष्कर्षः संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ बैशाख २०८१, शनिबार
1 Min Read
Aa
sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं – नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ ।

शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो।

- Advertisement -
Ad image

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्दत भएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको बताउँदै भने, ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्दत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो।’

महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए । उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्