पञ्जाबमाथि रोयल च्यालेंजर्स बैंगलुरुको शानदार जित: गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – रोयल च्यालेंजर्स बैंगलुरुले पञ्जाब किंग्स विरुद्ध शानदार जित दर्ता गर्दै इण्डियन प्रिमियर लिग (आइपीएल)मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो ।

आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे । पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।

जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।

आरसिबिका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए । जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अंक पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ ।

आइपीएलमा शुक्रवार हुने खेलमा गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array