लखनउविरुद्ध हैदरावाद १० विकेटको कीर्तिमानी जित: आजको खेलमा पञ्जाब र बैंगलुरु भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।

हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए । हैदरावादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए । दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए । हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए ।

यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ । लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६/१६ रहेको छ ।

आइपीएलमा आज हुने खेलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच प्रतिस्पर्धा हुँदै छ । आफ्नो प्लेअफको गणितीय सम्भावना जिवित राख्न पनि दुबै टिमलाई अनिवार्य जित आवश्यक रहेको खेल नेपाली समय अनुसार साँझ ७:४५ देखि धर्मशालामा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array