११ वर्षपछि बोरुसिया डर्टमुन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जर्मन क्लब बोरुसिया डर्टमुन्ड ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजी डर्टमुनड लाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। डर्टमुन्डले समग्रमा २–० को नतिजा निकाल्दै ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

- Advertisement -
Ad image

घरेलु मैदानमा भएको खेलमा पीएसजी डर्टमुन्डको रक्षापक्ती तोड्न असफल रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।

खेलको ५० औँ मिनेटमा जुलियन ब्रान्ड्टको कर्नरमा डिफेन्डर म्याट्स हुमेल्सको हेडर गोलमा परिणत भयो। डर्टमुन्डले अब उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ। यो खेल आजै राति हुनेछ।

रियल र बायर्नले सेमिफाइनलको पहिलो लेगमा २–२ को बराबरी गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्