राजस्थानमाथि दिल्ली २० रनले विजयी: आजको खेलमा हैदरावाद र लखनउको भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछयाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउदै २०१ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २२१ रन बनाएको थियो ।

यो जितसँगै दिल्ली १० अंकका लखनउलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । पराजित भए पनि राजस्थानमा भने १६ अंकका साथ दोस्रो स्थानमै छ । समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।

आइपीएलमा आज सनराइजर्स हैदरावाद र लखनउ सुपर जायनट्स भिड्दै छन् । हैदरावादको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखी सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array