सूर्यकुमारको शतकमा हैदरावाद विरुद्ध मुम्बईको सहज जित, आजको खेलमा दिल्लीले राजस्थानको समना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलमा सोमबार राति सम्पन्न खेलमा सूर्यकुमार यादवको शतकमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावामाथि सहज जित निकालेको छ ।

१७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मुम्बईले १७.२ ओभरमा तिन विकेट गुमाएर पुरा गर्दा सूर्यकुमार ५१ बलमा १०२ रनमा अविजित रहे । तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए ।

हैदरावादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि मुइईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीन/तीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक/एक विकेट लिए । यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।

आइपीएलमा आज हुने खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दै छ । दिल्लीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array