लखनउ विरुद्ध शानदार जित निकाल्दै कोलकाता शिर्ष स्थानमा उक्लियो: मुम्बई र हैदरावादको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौ – इन्डियन प्रीमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए ।

कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीन/तीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२/३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे ।

लखनउका नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एक/एक विकेट लिए ।

आइपीएलमा आज अंक तालिकाको अन्तिम स्थानमा रहेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै छन्, मुम्बईको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखी सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array