कोलकातासँग पराजित भएसँगै मुम्बईको ‘प्लेअफ’ सम्भावना सकियो: आज आरसीबी र गुजरात भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – आइपीएलको पाँच पटकको विजेता मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी रहँदा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएसँगै प्लेअफ सम्भावना सकिएको छ ।

मुम्बईको घरेलु मैदानमा भएको १२ वर्षपछि जित निकाल्दा यो हारसँगै मुम्बई लिगबाट लगभग बाहिरिएको छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ५६, इशान किशन १३, रोहित शर्मा ११ रनको योगदान दिंदा कोलकाताका लागि मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिंदा वरुण चर्क्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २-२ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अलआउट भएको थियो । आइपीएलमा आज अंक तालिकाको अन्तिम स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरु र गुजराट टाइटन्स भिड्दैछन् । बैंगलुरुको घरेलुु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array