कोलकाताद्वारा दिल्ली ७ विकेटले पराजित आजको खेलमा लखनउ र मुम्बई भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलमा अंक तालिकाको दोस्रो स्थानमा आसिन कोलकाता नाइट राइडर्सले क्यापिटल्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रनमा सिमित बनेपछि १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड मजबुत बनाएको छ ।

दिल्ली विरुद्धको जितसँगै ९ खेलमा ६ जित र तीन हारसहित १२ अंक जोडेको कोलकाताले दोस्रो स्थानको पकड मजबुत बनाउँदा सिजनको ११ औं खेलमा छैटौं हार बेहोरेको दिल्ली १० अंक सहित अंक तालिकाको छैटौं स्थानमा कायम छ ।

इन्डियन प्रिमियर लिग आइपीएलमा आज ९ खेलमा ५ मा जित र ४ मा हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको लखनउ सुपर जायन्ट्स र समान ९ खेलमा केवल तीन खेल जितेको मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुँदैछ । लखनउको घरेलु मैदानमा हुने खेल आज साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array