हैदरावादमाथि चेन्नईको फराकिलो जित: आजको खेलमा दिल्लीले कोलाकताको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको सनराइजर्स १८.५ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो । यस अघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १० खेलमा ५ जित र ४ हारसहित १० अंक भएको छ ।

त्यस्तै ९ खेलमा ५ जित र ४ हारसहित १० अंक नै रहेको सनराइजर्स हैदरावाद चौथो स्थानमा झरेको छ । आइपीएलमा आज हुने खेलमा कोलाकता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array