विल ज्याक्स र विराट कोहलीको उत्कृष्ट ब्याटिङसँगै गुजरातमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बैंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको बैंगलुरुले १६ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विल ज्याकले अविजित ४१ बलमा १०० रन बनाएका थिए भने विराट कोहलीले अकिजित ७० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउदै २०० रन बनाएको थियो । गुजरातको लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाएका थिए भने शाहरुख खानले ५८ रन बनाएका थिए । बैंगलुरुको जितमा विल ज्याक्सले शतकीय र ओपनर विराट कोहलीले अर्धशतकीय पाली खेले । ज्याक्सले अविजित एक सय रन बनाए । उनले केवल ४१ बलको सामना गरी १० छक्का र पाँचवटा चौका पनि प्रहार गरे ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको यो तेस्रो जित हो । १० खेलमा ६ अंकसहित बैंगलुरु पुछारमा रहेको छ । त्यसैगरी गुजरातको यो छैटौं हार हो । १० खेलमा ४ खेल जितेको गुजरात ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array