लखनउलाई पराजित गर्दै राजस्थान प्लेअफ नजिक: आज गुजरात र बैंगलुरु तथा चेन्नाई र हैदरावादको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – कप्तान सञ्जु सामसनले ३३ बलमा ७१ रनको नट आउट पारी खेलेपछि इन्डियन प्रीमियर लिग आइपीएलमा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको राजस्थान रोयल्सले प्लेअफमा लगभग स्थान पक्का गरेको छ ।

१९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए ।

लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एक/एक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ ।

लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०/१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

आइपीएलमा आज दुई खेल हुँदै छन् । अपरान्ह ३:४५ बजेदेखि सुरु हुने खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दा दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

Array