रोहितको शतकमा पहिलो खेलमै जित निकालेको वेस्ट विन्डिज र नेपालको दोस्रो भिडन्त आज: कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ए विरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको शतकमा सानदार जित निकालेको नेपाल र वेस्ट विन्डिज विरुद्ध दोस्रो खेलमा आज प्रतिस्पर्धा हुँदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।

शनिबार सम्पन्न खेलमा कप्तान पौडेलको शानदार शतकमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । यो टी-२० क्रिकेटमा पौडेलको पहिलो शतक समेत हो ।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array