पञ्जाबलाई पराजित गर्दा गुजरातको प्लेअफ सम्भावना कायमै: आज राजस्थान र मुम्बईको ‘हेभिवेट’ भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएल मध्यान्तरमा पुग्दा आइतबार राती भएको दोस्रो खेलमा पञ्जाब किंग्समाथी ३ विकेटको जित दर्ता गर्दै गुजरात टाइटन्सले आफ्नो प्ले अफ सम्भावना जिवित राख्दा पञ्जाबको प्ले अफ सम्भावना कठिन बन्दै गएको छ ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे ।

यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे । रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे ।

पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए । अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।

त्यसअघि मुल्लानपूरमा टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे । यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए ।

गुजरातका साई किशोरले ५ विकेट लिए । मोहित शर्मा र नूर अहमदले २-२ र रशिद खानले १ विकेट लिए ।

जितपछि ८ खेलबाट ८ अंक जोडेको गुजरात छैटौं र ८ खेलबाट ४ अंक मात्रै जोडेको पञ्जाब अंक तालिकाको नवौं स्थानमा छ।

आइपीएलमा आज जारी सिजन आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदैं अंक तालिकाको शिर्ष स्थानमा रहेको राजस्थान रोयल्स र खराब सुरुवातका बाबजुद उत्कृष्ट कमब्याक गर्न सफल मुम्बई इन्डियन्स भिड्दै छन् । राजस्थानको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array