ओमानलाई हराउँदै युएईलाई एसीसी प्रिमियर कपको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – कप्तान मुहम्मद वसिमको शतक मद्धतमा घरेलु टोली ओमानलाई हराउँदै युएईले एसीसी प्रिमियर कपको उपाधि उचालेको छ। आईतबार भएको फाइनलमा ओमानलाई ५५ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो। प्रिमियर कपको उपाधि जितेसँगै युएईले एसिया कपमा समेत स्थान बनाएको छ।

फाइनल खेलेका ओमान र युएईसँगै तेस्रो भएको हङकङले इमर्जिङ कपमा स्थान बनाएका छन्। युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनायो।

ओमानका लागि प्रतिक अथावाले सर्वाधिक ४९ रन बनाए। खालिद कैलले ३० र फयाज बटले २३ रन बने। जिसन मक्सुदले १४ र रफिउल्लाहले ११ रन बनाउँदा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई सस्तैमा रोक्न युएईका जुनेद सिद्दिकीले ३ विकेट लिए। मुहम्मद फरुक र आयान खानले समान २ विकेट लिए। बसिल हमिदले १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको थियो।

युएईका कप्तान वसिमले शतक पूरा गरे। उनले ५६ बलमा ६ चौका र ७ चौका हाने। आशिफ खानले ३८ र ओपनर आलिशान सराफुले ३४ रन बनाए। विष्णु सुकुमरणले १८ रन थपे।

ओमानका लागि बिलाल खानले २ तथा शकिल अहमद र जिसन मक्सुदले समान १ विकेट लिए। युएईले नेपाललाई हराउँदै तथा ओमानले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array