युएईसँग पराजयसँगै नेपाल एसिया कपमा छनोट हुन असफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa
Rohit Kumar Paudel (C) of Nepal and Muhammad Waseem (c) of United Arab Emirates at the toss during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं – नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एसिया कपमा छनौट हुन असफल भएको हो।

सेमिफाइनलमा युएइले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ। आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ ।

यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन्। अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ।

प्रतिक्रिया दिनुहोस्

Array