गुजरातमाथि दिल्लीको सानदार जित: आजको खेलमा पञ्जाव र मुम्बईको भिडन्त, कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौ – इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गुजरातमाथि दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातमाथि ६ विकेटको जित निकालेको हो ।

आइपीएलको जारी सिजनमा यो दिल्लीको तेस्रो जित हो । यससँगै दिल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि नेट रनरेटका आधारमा गुजरात भने सातौं स्थानमा झरेको छ ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् ।

दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २/२, खलिल अहमद र अक्षर पटेलले एक/एक विकेट लिए ।

आइपीएलमा आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । अंक तालिकामा समान खेलबाट २/२ जित निकालेका पञ्जाव र मुम्बई आठौं र नवौं स्थानमा छन् । यो सिजन लयमा नदेखिएका दुबै टिमको भिडन्त साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array